जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ ।

मानु हिस्की
१७ असार, पाल्पा । जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा १ जना पक्राउ परेका छन् ।
माथागढी गाउँपालिकाकी अन्दाजी ७८ वर्षकी वृद्धालाई करणी गरेको आरोपमा रोल्पा लुङग्री ७ घर भई हाल माथागढी गाउँपालिकामा कुलो निर्माणमा मजदुरी गर्ने १९ वर्षीय शंकर विक पक्राउ परेका हुन् ।
वृद्धाको घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी जवरजस्ती करणी गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विक विरुद्ध जबरजस्ती करणी उद्योगअन्र्तगत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय