
मानु हिस्की
१७ असार, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका भित्रका विभिन्न सरकारी कार्यालयहरुमा चोरी भएको छ ।
गए राती अज्ञात समूहले गाउँपालिकाको वडा नं. ५ को वडाकार्यालय सहित अन्य सरकारी कार्यालयहरुमा तोडफोड गरी चोरी गरेको हो ।
वडा कार्यालयबाट १ हजार ६ सय रुपैयाँ, मुझुङ कृषी सहकारी कार्यालयबाट ४ हजार, कालिका माध्यमिक विद्यालयबाट ५० हजार रुपैयाँ र स्थानीय नेत्र बहादुर कार्कीको पसलबाट ७ हजार रुपैयाँ नगद तथा ८ हजार रुपैयाँको एन्टीसीको रिचार्ज कार्ड चोरी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।