तिनाउको सबैभन्दा दुरगम मानिएको ठाडे गाउँ जाने देउराली घाटमा ट्रसपुल बन्ने ।

मानु हिस्की
१२ असार, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. १ को डेडुखोलाको देउराली घाटमा फलामे ट्रसपुल बन्ने भएको छ ।
गाउँपालिकाको सबैभन्दा दुरगम मानिएको वडा नं १ को ठाडे गाउँमा जानका लागि देउराली घाटमा फलामको ट्रसपुल बनाउन लागिएको हो ।
१४ घरधुरी रहेको ठाडे गाउँमा बुढिकोटबाट डेडुखोलाको देउरालीघाट भएर जानुपर्छ । देउरालीघाटको काठेपुल जीर्ण अवस्थामा रहेकाले फलामे ट्रसपुल बनाउन सर्भे गरिएको छ । नयाँ आर्थिक वर्ष २०७८।०७९ मा संघीय सरकारको करिब ३० लाख रुपैयाँको बजेटबाट पुल निर्माण हुन लागेको तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
त्यसका लागि स्थानीय यम बहादुर घर्तीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । संघीय बजेटबाट ट्रेल ब्रिज सपोर्ट युनिट नेपालगन्जको सहयोग तथा ईन्द्रेणी समाज केन्द्र पाल्पाको प्राविधिक सहयोगमा ट्रसपुल निर्माण गरिने ईन्द्रेणी समाजका प्राविधिक यम रानाले बताउनुभयो ।

फोटोः तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरको फेसबुकबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय