मानु हिस्की
१२ असार, पाल्पा । पाल्पाका थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३९ महिला र ५९ पुरुष गरी ९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
१९ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र २ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
निस्दी गाउँपालिकाका मात्रै ८६ जना संक्रमित थपिएका छन् । यस्तै तानसेन नगरपालिकाका २, रिब्दीकोट गाउँपालिकाका ३, रम्भा गाउँपालिकाका १ र रामपूर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
यसैगरी पाल्पाका थप ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । २ जना महिला र ९ जना पुरुषले कोरोना जीतेको सूचना अधिकारी पन्थीले बताउनुभयो ।
पाल्पामा अहिले ४ सय ६० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, ४ सय २५ जना होम आइसोलेशनमा रहेका छन् भने पाल्पमा अहिलेसम्म १ सय ६ जनाको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer