
मानु हिस्की
१० असार, पाल्पा । पाल्पाका थप ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार ३८ जना महिला र ५१ जना पुरुष गरी थप ८९ जना संक्रमित निको भएका हुन् ।
तानसेन नगरपालिकाका ५, निस्दी गाउँपालिकाका ४०, रम्भाका २६, रैनादेवी छहराका २, रामपूर नगरपालिकाका ८, तिनाउ गाउँपालिकाका ७ र रिब्दीकोट गाउँपालिकाका १ जना निको भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
अहिलेसम्म पाल्पाका ६ हजार ४ सय १६ जना निको भएर घर फर्किएका छन् ।
यस्तै पाल्पाका थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ४२ जनामा परीक्षण गर्दा १५ जना र एन्टीजेन विधिबाट ९८ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले पाल्पामा ३ सय ७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ४० जनाको विभिन्न अस्पतालमा उपचार भइहेको छ भने ३ सय ३२ जना होम आइसोलेशनमा रहेका छन् । पाल्पामा हालसम्म १ सय ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।