मानु हिस्की
०९ असार, पाल्पा । पछिल्लो २४ घण्टामा पाल्पाका ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ५ जना र एन्टीजेन विधिबाट १ सय ४९ जनाको परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाका २१, तिनाउ गाउँपालिकाका १८, रामपूर नगरपालिकाका ७, बगनासकालीका तथा रिब्दीकोट गाउँपालिकाका ३।३, र रम्भा तथा रैनादेवी छहरा गाउँपालिकाका २।२ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिले पाल्पामा ४ सय १९ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । संक्रमितमध्ये ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ सय ७९ जना होम आइसोलेशनमा रेका छन् ।
यस्तै पाल्पाका थप २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना महिला र १० जना पुरुष संक्रमणमुक्त भएका सूचना अधिकारी पन्थीले बताउनुभयो । तानसेन नगरपालिकाका ८, रामपूर नगरपालिकाका ७, रैनादेवी छहराका ३ तथा माथागढी, बगनासकाली, तिनाउ र निस्दी गाउँपालिकाका १।१ जना संक्रमितले कोरोना जीतेका हुन् ।
पाल्पामा हालसम्म १ सय ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer