
मानु हिस्की ।
पाल्पाका थप ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २० जना महिला र ३३ जना पुरुष गरी थप ५३ जना संक्रमित निको भएका हुन् ।
तानसेन नगरपालिकाका २२, निस्दी गाउँपालिकाका ३, रम्भाका ७, रैनादेवी छहराका १८ र रामपूर नगरपालिकाका ३ जना निको भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
अहिलेसम्म पाल्पाका ५ हजार ८ सय ७४ जना निको भएर घर फर्किएका छन् ।
यस्तै पाल्पाका थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७ जनामा परीक्षण गर्दा १ जना र एन्टीजेन विधिबाट ३३ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले पाल्पामा ६ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ५५ जनाको विभिन्न अस्पतालमा उपचार भइहेको छ भने ६ सय १४ जना होम आइसोलेशनमा रहेका छन् । पाल्पामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ ।