रम्भा गाउँपालिकाले आफ्नै लगानीमा कोरोना भाइरसको खोप खरिदका लागि प्रकृया सुरु गरेको जनाएको छ ।
गाउँपालिकाले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग अनुमतिकाका लागि निवेदन पठाएको जनाएको छ । सरकारले खोप उपलब्ध गराउन समय लाग्ने देखिएपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्रालयमा अनुमति मागेको गाउँपालिकाले जनाएको छ ।
रम्भा गाउँपालिकाले पालिका भित्रका सम्पूणर् नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने योजनाका साथ नेपाल सरकारको मूल्य र मापदण्ड अनुसार २० हजार डोज खोप खरिद गर्न अनुमति मागेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
खोप खरिदका लागि विपद् व्यवस्थापन कोषमा ७० लाख रुपैयाँ रहेको थप बजेट चालु आर्थिक वर्षमा सम्झौता नभएका विकास निर्माणको योजनाको बजेटबाट मिलान गर्नेगरी काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो । अनुमती पाएमा पालिकाले भरतमा भएको आफ्नै समयन्त्र मार्फत खोप किनेर ल्याउने उहाँले बताउनुभयो ।
पालिका अध्यक्ष भण्डारीले विकास जनताका लागि भएको भन्दै अहिलेको महामारीमा जनताको स्वास्थ्य रक्षा प्रमुख प्राथमिकता भएकोले जीवन रहे ‘विकास अर्को वर्ष गर्ने योजनाका साथ पालिकाले काम गरेको बताउनुभयो । यसका साथै अध्यक्ष भण्डारीले कोरोना भाइरस संक्रमण रोकथामका लागि स्थानीय सरकारले कुनै कसूर बाकी नराख्ने समेत बताउनुभयो ।
भण्डारीले यस कार्यमा सवै आम रम्भावासीको सहयोग आबश्यक रहेको समेत बताउनुभयो ।