पाण्डेय द्धारा क्रिकेट रंगशालालाई एक लाख सहयोग

विजयकुमार बौडेल –
नेपाली क्रिकेट समर्थक समाजका केन्द्रिय कोषाध्यक्ष तथा पाल्पा साखाका संल्लाहकार अच्यूत पाण्डेयले जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई एक लाख रुपैंया सहयोग गर्नुभएको छ ।

रंगशाला निर्माण अभियान अन्र्तगत धुर्मुस सुन्तली फाउण्डेसनले एक लाख रुपैंया सहयोग गरि कुर्सीमा आफ्नो नाम लेखाउने अवधारणा अघि सारेपछी पाण्डेयले रकम सहयोग गर्नुभएको हो । पाण्डेयले ९ नम्बरको कुर्सीमा आफ्नो नाम लेखाउने गरि सहयोग गर्नुभएको हो । कुर्सी अबधारणा अन्तर्गत सहयोग गर्ने पाण्डेयलाई धुर्मुस सुन्तली फाउण्डेसनले धन्यवाद व्यक्त गरेको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै पाण्डेयले क्रिकेट विकासका लागी सरकारले गर्नुपर्ने कामको अगुवाई कालाकारीता क्षेत्रमा लागेका व्यक्तिले गरेको भन्दै सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । पाण्डेयले रंगशाला निर्माणले नेपालको खेलकुद क्षेत्र मात्र नभई पर्यटकिय क्षेत्रको पी विकास हुने बताउनुभयो ।

फाउण्डेसनले निर्माण स्थलमा उपस्थित भएर १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरि ९ नम्बरको कुर्सी आफ्नो नाममा सुरक्षित गरेको भन्दै सहयोग र यस अभियानमा जोडिनुभएकोमा पाण्डे र उहाँको सम्पूणर् परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।

फाउण्डेसनले पितृ, आमा समूह, महिला समूह, टोल विकास संस्था, सहकारी, बैंक तथा वितिय संस्था, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी र आफ्नो समेत नाम लेखाउन सकिने भन्दै ३० हजार कुर्सिमा नाम लेख्न सकिने कुर्सी अभियानमा जोडिन सबैलाई अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय