निर्मल कुमाल –
मेरो सपना नभएका होईनन्, आकांक्षाहरु पनी नभएका होईनन् । जिउँदो छु, संसार जित्ने प्रयत्न गर्छु नै । सपनाहरु ब्रह्माण्ड भन्दा ठूला छन् । धेरै छन्, सम्भव पनि छन् असम्भव पनि छन् । हिँजो गुमाएका खुशी भोली पाउने आसामा हिडिरहेको मान्छेहरुको भिडमा हिडिरहेको म पनि एउटा यात्री हुँ । सपनाहरु यति धेरै छन् की बेच्न मिल्न ेभए आज म ट्रम्प सगँ चिया पिउदै विल गेट्स सँग व्यापरका कुरा गर्दै बिनोद चौधरीलाई मेरो स्वकीय सचिव बनाउने अनि नेताहरु किनबेच गर्ने सपना देखिरहेको हुन्थेँ होला ।
खै कुरा बुझिन मैले, के एउटा सपना मरेपछि साच्चै गरीब भईनेरहेछ त ? सहरभरी गाडी, सपनै सपनाको भारी बोकेर हिडेका मान्छे देख्छु, कतै पनि उनलाई देख्दिन सायद मैले उनलाई गरेको अविछिन्न प्रेमको हत्या भएछ क्यारे, उनलाई आफ्नो बनाउने सपना हराईसकेछ तर वास्तवमा त्यस्तो रहेनछ उनको र मेरो सहर, रहर, सपना बेग्लै रहेछ÷फरक रहेछ । कामको सिलसिलामा झुक्किएर बिनोद चौधरी सँग अचानक भेट हुदा चिन्दिन भनिदियो, अझ सपनामा देखेको उनले कसरी चिन्छिन् होला ?
यो समाज, यो जिन्दगिले सपना देख्न बाहेक केही सिकाएन, एउटा सपना पुरा ग¥र्यो अर्काे सपना देख्नुपर्ने अनि भन्न मन लाग्छ “जिवन नै सपना हो”। साच्चै हामी सपना देख्न छोडिदिए के हुन्छ होला ? जिवन पिडारहित हुन्छ की ?सडेगलेको भात, कुहिएको सिनो जस्तो हुन्छ ?