
दयाराज न्यौपाने /
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मकुमारी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नु भएको छ ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ बेलटारी र पाल्पाको बगनासकाली गाउँपालिका ६ दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले ओली सरकारले केही गरेन भन्नेहरूलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार गृहजिल्ला स्याङ्जामा उक्त कुरा बताउनु भएको हो । मन्त्री अर्यालले भन्नू भयो , ‘यो ३ वर्षमा विकास कति भयो आफैं उभिएको ठाउँमा हेर्नुस्। नेपालका ७५३ स्थानीय तहहरूमा विकासको गति विगत भन्दा तीव्र अगाडि छ आफू सत्ता र सदनमा हुदा के भयो र के गरियो भन्ने समेत हेक्का नराखी बर्तमान समयमा दिनलाई रात बनाउन दुष्साहस गर्नेहरूले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाको भनाई थियो । फरक प्रर्सङ्ममा मन्त्री अर्यालले कुन खेमामा किन लागे भन्नेहरुलाई मुलधारकै रहने उहाको भनाई थियो धेरै पल्ट अरु नेतृत्वलाई हेरेको बताउदै मन्त्री अर्यालले ओलिको झोलामा सम्भावना सहि सपना र स्वाभिमान देखिएकोले अन्यलाई रोज्न नसकिएको बताउनु भएको छ ।
काम गर्ने मन चाहिने कुरा औल्याउँदै बिगतमा धेरै मन्त्री बने तर बिकासको अवस्था झन् कमजोरी बनेको थियो तर बर्तमान सरकारले इतिहासकै धेरै र राम्रो काम गरेको कुरालाई सहन नसकी रिस र डाहाले पोलेकै कारण यो अवस्था सृजना भएको बताउनु भएको थियो । सिलान्यास समारोहमा नेपाल पत्रकार महासघं पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारी , लोक गायक पुरुषोत्तम न्यौपाने , भरत न्यौपाने लगाएले बोल्नु भएको थियो । पुल निर्माण भएपछि स्याङ्जा र पाल्पा बीच सिधा सम्पर्क हुने छ भने बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने र राष्ट्रिय गौरवको सडक आयोजना कालीगण्डकी करिडोर समेत यो पुलले जोडिने कालीगण्डकी गाउँ पालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनु भयो । मोटरेबल पुलको सिलन्यास लामो प्रयास र मेहेनतको उपज भएको र स्थानीयमा खुसियाली छाएको सरोकार समितिका उपाध्यक्ष अनिस न्यौपानेले बताउनु भयो । पुल निर्माण गर्न यसअघिनै प्रारम्भिक सर्वेक्षण गरिएको थियो भने विस्तृत सर्भेक्षणसंगै पुलको कामले गति लिएको हो ।
पाल्पा जिल्लाको तत्कालीन जिल्ला बिकास समिति पाल्पाले जिल्ला सडक गुरुयोजना DTMT बनाउदा सडक र पुलमा समाबेश गर्दै झण्डै दुई दशकदेखि प्रक्रिया शुरुवात भएको उक्त पुल अहिले अर्थमन्त्रालयले बजेट स्वीकृति दिएपछि पुल बन्ने भएको हो । गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याटसहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैयाँ ५० पैसामा सम्झौता भएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन पोखराका सुपरिटेन्डेन्ट इन्जिनियर देव कुमार तामाङ्गले बताउनु भयो । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समयसीमा रहेको छ। १.७५ दायाँबायाँ फुटपाथ सहित पुल ११ मिटरको चौडाइ रहने छ। १२० मिटर लम्बाइको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमार्जुन कँडेलले जानकारी दिनुभयो । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ