पाल्पा जिल्लाको माथागढी गाँउपालिकाको एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत खुर्सानी खेति तालिम तथा बिउ वितरण कार्यक्रम सम्पन्न भएको छ। माथागढी गाँउपालिका वडा नं.४ झडेवा खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार हुदै गएको छ।खेर गईरहेको जग्गालाई सदुपयोग गर्दै गाँउपालिकाको आयोजना र वडा कार्यालयको सहयोगमा १४ओटा स्थानीय कृषक समूहलाई खुर्सानीको विउ वितरण गरेको हो ।
गाँउपालिकाले कृर्षि क्षेत्रबाटै जनतालाई आर्थिक समृद्धिको दिशामाअगाडि बढाउने योजना अनुरूप झडेवालाई खुर्सानी पकेटको रूपमा विस्तार गरेको छ। खुर्सानी खेति तालिम तथा बिउ वितरण गर्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले गाँउपालिकाले वितरण गरेको हरेक प्रकारका कृषिका उपकरण, तथा मल बिउ र प्रविधिले अब गाँउका किसानहरुले राम्रोसंग प्रतिफल मुखि परिणाम आउने गरी उत्पादन गर्नेमा आफु विस्वस्त रहेको बताउनु भएको थियो ।यस्तै खुर्सानी खेति तालिम तथा बिउ वितरण गर्दै वडा नं.४ का अध्यक्ष मधु पराजुलीले किसानहरुलाई कुनै पनि समस्या भएमा जानकारी गराई प्रक्रिया गतरुपमा समाधानका लागि अघि बढ्न आग्रह गर्नु भएको थियो।
कार्यक्रमका अध्यक्ष गाँउपालिकाका अध्यक्ष सन्तोष थापाले आधुनिक कृषि विकासका लागि कृषक पनि सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।उँहाले कृषिको विकास बिना आर्थिक समृदि सम्भव नभएको भन्दै सबै गाँउवासीहरु आफु सक्दो कृषिमा तल्लीन रहन आग्रह गर्नु भयो । वडा नं.४ का वडा सचिव दिपमाया पुनको स्वागत मतव्यवाट शुरुभएको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख सिता खाम्चाले गर्नु भएको थियो ।