पाल्पा व्यापार संघको पदस्थापन, अध्यक्षमा पोखरेल

विजयकुमार बौडेल –
पाल्पा व्यापार संघको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्वाचन समितिका सदस्य भेषराज सुवेदीले निर्वाचित अध्यक्ष चिरञ्जिवी पोखरेललाई सपथ गराउँदै व्यापार संघले उपभोक्ता र व्यापारी दुवैको हकाका लागी मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन अनुरोध गर्नुभयो । नवनिर्वाचित अध्यक्ष पोखरेलले पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो ।

व्यापारिक क्षेत्र संग सम्बन्धित व्यक्तिहरु सहभागी भएको पदस्थापन कार्यक्रममा व्यापार संघले छोटो समयमै आफूलाई अब्बल संस्था सावित गर्नेमा आफू आशावादी रहेको व्यापार संघका केन्द्रिय सदस्य टंक पोखरेलले बताउनुभयो ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार साहीले नेपालका व्यापार संघहरु मध्ये पाल्पा व्यापार संघले व्यापारिक तथा सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो । पाल्पा व्यापार संघले व्यापारीहरुको हक हित बाहेक शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

पाल्पा व्यापार संघको अधिवेशनले अध्यक्ष चिरञ्जिवी पोखरेल, प्रथम उपाध्यक्ष थानेश्वर गैरे, द्धितिय उपाध्यक्ष बिष्णु कार्की, सचिव पर्शुराम पौडेल, कोषाध्यक्ष बिष्णु खनाल र सहसचिवमा उमा अर्याललाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा साखाका अध्यक्ष राजेशकुमार अर्यालले पाल्पा व्यापार संघ अरु व्यापारिक संस्थाहरु भनदा नमुना हुनुपर्ने बताउनुभयो । अध्यक्ष अर्यालले व्यापारिक मेला बाहेक शिप सिकाउने मेला समेत आयोजना गरेर रोजगारी सिर्जना गर्नुपर्ने विषयमा व्यापार संघले सोंच्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष यादव सिंह कार्कीले पाल्पाका व्यापारिक संस्थाहरु एकजुट भएर उपभोक्ताका साथै व्यापारिहरुको हक हितका लागी काम गर्नुपर्ने बताउनुभयो । पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष थानेश्वर गैरेले बिगतका बर्षमा गरेका कार्यलाई निरन्तरता दिदै आगामी नेतृत्वले अघि सारेका कार्यक्रमलाई महत्वका साथ कार्यानवयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संघका सचिव पर्शुराम पौडेलले विकास र समृद्धिका लागीविभिन्न स्थानिय तहहरु संग सहकार्य गर्न आतुर रहेको बताउनुभयो । सचिव पौडेलले समाजमा शिक्षा स्वास्य, वातावरण, सामाजिक र मानविय सेवाका क्षेत्रमा सहकार्य गर्ने योजना रहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय