पत्रकार महासंघ पाल्पाको साधारण सभा तयारी पुरा

विजयकुमार बौडेल

नेपाल पत्रकार महासंघ पाल्पा साखाको साधारण सभाको तयारी पुरा भएको छ ।

महासंघले १२ औं साधारण सभाको तयारी पुरा भएको जनाएको छ । पाल्पा साखाका अध्यक्ष राजेशकुमार अर्यालले विभिन्न उपसमिति बनाएर जिम्मेवारी वाँडफाँड गरिएको र उपसमितिहरुको सक्रियतामा सबै तयारी पुरा भएको जानकारी दिनुभयो ।

अध्यक्ष अर्यालले जिल्लाका हरेक निकायको विसंगती उजागर गर्न पाल्पाली पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको भन्दै पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ पत्रकारिता क्षेत्रमा काम गर्नेहरुको समस्याप्रति गम्भिर रहेको बताउनुभयो । अर्यालले २ कार्यकाल महासंघ पाल्पा साखाको अध्यक्षको जिम्मेवारी पुरा गरिसक्नुभएको छ ।

साधारण सभा पश्चात नयाँ नेतृत्व चयन हुने छ । नेतृत्वको लागी वर्तमान पदाधिकारी लगाएत अन्य सदस्यहरु समेत ईच्छुक रहेका छन् । साधारण सभामा केन्द्रीय संसोधित विधान अनुसार केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचन एकै साथ हुनेछ तर निर्वाचन तालिका भने केन्द्रीय कार्यक्रम अनुसार नै हुनेछ ।

साधारण सभामा केन्द्रिय अध्यक्ष गोविन्द आचार्य सहित अन्य अतिथीहरु उपस्थित हुने महासंघले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय