
विजयकुमार बौडेल –
रिब्दीकोट गाउँपालिकाले भैंसीपालन र दुध ढुवानीमा अनुदान दिएपछी भैंसीपालन तर्फ किसानहरुको आकर्षण बढेको छ ।
रिब्दीकोट गाउँपालिकाका धेरैजसो घरपरिवारले भैसीपालन सुरु गरेका छन् । गाउँपालिकाले ९० हजार रुपैंया सम्मको भैंसीमा ५० प्रतिशत अनुदान दिने भएपछी भैंसीपालन तर्फ किसानहरु उत्साहित भएका हुन् । रिब्दीकोट गाउँपालिकाकी तुलसा कुँवरले पहिले आफ्नो घरमा दुध खानको लागी मात्र भनेर भैंसी पालन गर्नु भएको थियो । अहिले गाउँपालिकाको अनुदानमा लिएको भैंसी भएपछी दैनिक ५ लिटर दुध बेच्ने उहाँले बताउनुभयो । “पहिले दुध कहाँ बेच्ने भन्ने समस्या थियो ।” उहाँले भन्नुभयो । “अहिले गाउँमा धेरैले भैंसी पाल्न थालेपछी डेरी खुलेको छ । बेच्न केही समस्या छैन ।”
उहाँले भन्नुभयो । “गोठमा तयार भएको मल प्रयोग गरेर तरकारी खेती पनी गर्ने योजना बनाएका छौ ।” गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले गाउँपालिकाले ढुवानीका लागी भनेर दुधमा प्रतिलिटर २ रुपैंया अनुदान समेत दिएको बताउनुभयो । अहिले प्रति लिटर ७५ देखी ८० रुपैयामा दुध बिक्री भैरहेको छ । भैसीपालन गर्दा थोरै श्रम शक्तिवाट धेरै लाभ लिन सकिने भएकाले गाउँपालिकाले भैंसीपालनमा अनुदानको कार्यक्रम ल्याएको जिसीको भनाई छ ।
भैसीपालनले घरखर्च सजिलै चलाउन सकिने र परिवारका अन्य सदस्य कसैको भर पर्नु नपर्ने भैंसीपालक कुँवरको भनाई छ । “सुरुमा भैंसीपालन बाट त के होला र भन्ने जस्तो लागेको थियो । अहिले धेरै राम्रो भएको छ ।” उहाँले भन्नुभयो ।
रिब्दीकोट गाउँपालिका कृषी साखाका रञ्जिव कुँवरका अनुसार अहिलेसम्म गाउँपालिकाले ८८ जना कृषकलाई भैंसीमा अनुदान दिईसकेको छ । थोरै समय र श्रममा पनि भंैसी पालन गर्न सकिने भन्दैसानो काम गर्दा पनी धेरै व्यवस्थापनका साथ गर्दा राम्रो हुने र कृषि, जडीवुटी खेतिमा पनि यसको मल प्रयोग गरेर दोहोरो फाईदा लिन सकिने कृषी साखाका कुँवरले बताउनुभयो ।