माथागढी गाउँपालिकाकाे आठौं गाउँसभा सुरु

माथागढी गाउँपालिकाको आठौ गाउँसभा शुरु भएको छ । गाउँसभामा आर्थिक बर्ष २०७६।०७७ को समिक्षा तथा प्रथम चौमासिकको प्रगति प्रतिबेदन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले प्रस्तुत गर्नुभयो । उहाँले चालु तर्फ कुल रकमको ८३.१३ प्रतिशत र पुजिगत तर्फ ८०.३० प्रतिशत रकम गत आर्थिक बर्षमा खर्च गरेको जानकारी गराउनु भयो ।

यसैगरी आर्थिक विकास क्षेत्र अन्र्तगत जम्मा ९०.३० प्रतिशत,सामाजिक विकास क्षेत्र अन्र्तगत ८८.८९ प्रतिशत,पूर्वाधार विकास क्षेत्र तर्फ ६३.८१ प्रतिशत, सुशासन तर्फ ६०.४७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ७३.१४ प्रतिशत रकम खर्च भएको जानकारी गराउनु भयो । गत आर्थिक बर्षको आय तर्फ गाउँपालिकालाई राजश्व बाडफाडबाट ५करोड ८९ लाख ५४ हजार ८ सय ३९ रुपैयाँ , संघीय सरकारबाट ४० करोड ५५ लाख १२ हजार रुपैयाँ,प्रदेश सरकारबाट ३ करोड ६५ लाख ३१ हजार रुपैयाँ र आन्तरिक आयबाट १ करोड ८९ लाख १५ हजार १ सय १९ रुपैया गरी कुल ५१ करोड ९९ लाख १२ हजार ९ सय ५८ रुपैया आम्दानी भएको थियो जस मध्य माथागढी गाउँपालिकाले ८२ प्रतिशत भौतिक तथा वित्तिय प्रगती गरेको थियो ।

यस बर्षको प्रथम चौमासिकमा चालु तर्फ २४ प्रतिशत र पूजिँगत तर्फ ९० प्रतिशत खर्च भएको जानकारी समेत प्रमुख प्रशासकीय अधिकृत नेपालले बताउनु भयो । माथागढी गाउँपालिकामा कुल ४ सय ९ ओटा योजनाहरु मध्य १ सय २ ओटा योजनाहरु सम्झौता भई कार्यान्वनमा रहेका छन् भने ९ ओटा योजनाहरुले काम सम्पन्न गरेका छन् । गाउँपालिकामा टेण्डर मार्फत सम्झौत भई कार्यान्वयनमा रहेका योजनाहरुमा बाँस्टारी झडेवा रहवास दुम्किबास दुई प्रदेश जोड्ने सडक कालो पत्रे, झडेवा रिङ्रोड कालो पत्रे, बहादुरपुर स्वास्थ्य चौकी भवन निर्माण,बुढीकोट लिफ्टिङ खानेपानी योजना, रहेका छन् ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराइले हिउँदे गाउँसभाबाट संशोधन भई रकमान्तर भएका २५ ओटा योजनाहरु र बजेटको प्रस्तावका बारेमा बताउनु भएको थियो । गाउँपालिका भित्रका वडाहरु मध्य प्रथम चौमासिकमा सबै भन्दा बढी राजश्व संकलन वार्ड नं ४ झडेवाले गरेको छ । माथागढी गाउँपालिकाको उल्लेखनीय र अनुकरणीय कार्यहरुमा ८ सय विपन्न घर परिवारको ८ करोड रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य विमा गरेको,खरको छानो विस्थापन कार्यक्रम अन्र्तगत ८० घर परिवारलाइ रु २५ सय बराबरको जस्तापाता खरिदमा सहयोग गरेको, उपाध्यक्ष अण्डा र हरियो झण्डा तथा सुत्केरी प्रोत्साहन कार्यक्रम गरेको, कक्षा १ देखी कक्षा ८ सम्म स्थानीय पाठ्क्रम तथा पाठ्यपुस्तक निर्माण गरि कार्यान्वयन गरेको र स्वास्थ्य संस्थाहरुमा निःशुल्क ल्याब सेवा तथा बर्थिङ सेण्टर स्थापना गरिएको जस्ता कुराहरु उल्लेख गरिएका छन् ।

यसैगरि सभामा कर्मचारीको अभाव, कोभिड १९ को संक्रमणको ब्यापकता र त्रास, समयमै अख्तियारी तथा बजेट प्राप्त नहुनु,प्रदेश सरकारसँगको कमजोर समन्वय,सहकार्य र अन्तरसम्बन्ध र भौगोलिक विकटता जस्ता कुराहरु उल्लेख गरिएका छन् । सभामा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले प्रस्तुत गर्नु भएको योजना तथा कार्यक्रमहरुलाइ शतप्रतिशत सदस्यहरुले पारित गर्नु भएको हो । गाउँ सभामा अध्यक्ष थापाले यस बर्ष झडेवा स्वास्थ्य चौकीलाइ १५ सैयाको अस्पताल बनाउन तयारी पुरा भएको बताउनु भयो ।

सभाको प्रमुख अतिथि जेष्ठ सदस्य तथा वार्ड नं १ का वडा अध्यक्ष शिवप्रसाद घिमिरे रहनु भएको थियो । उहाँले माथागढी गाउँपालिकाले आज सम्म जनताको भावना अनुरुप कार्य गर्दै गएको र काम गर्ने शिलशिलामा देखिनी कमिकमजोरीहरुलाइ पनि हटाउदै जानु पर्ने बताउनु भयो । अर्को सूचना नभए सम्मको लागी गाउँसभा स्थगन भएको सभाध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय