पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा तिन घाईते

विजयकुमार बौडेल
२१ माघ – तिनाउ गाउँपालिकामा ट्रिप्पर दुर्घटना हुँदा २ जना घाईते भएकाम छन् ।

वडा नं. २, खुर्सानेमा टिप्पर दुर्घटना हुँदा देवदह नगरपालिका १० का ४० बर्षिय चालक मनोज घर्ती र कपिलवस्तुको शिवराज नगरपालिका ९ का २० बर्षिय सहचालक श्रीराम थारु घाईते हुनुभएको हो । लु १ ख ८९८७ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

दुवै जनाको अहिले लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । तिनाउको दोभानदेखि कचल जाने क्रममा ट्रिपर अनियन्त्रित भई दुर्घटनामा परेको हो । यस्तै रिब्दीकोट–२ जोर्तेमा लु २ ख ३५७१ नम्बरको ट्रिपर दुर्घटना हुँदा तानसेन–१४ का ३५ वर्षीय प्रकाश राना गम्भीर घाइते हुनुभएको छ । तानसेनदेखि अर्गलीतर्फ जाँदै गरेको ट्रिपर जोर्ते नजिकै सडकदेखि सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते रानाको तानसेनस्थित यूनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । दुवै घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय