पाल्पाको भुमि समस्या समधान आयोगको अध्यक्षमा भण्डारी

पाल्पा,सुनिल कार्की ।
पाल्पाको भुमि समस्या समधान आयोगको जिल्ला अध्यक्षमा एक प्रसाद भण्डारी नियुक्त हुनुभएको छ । जिल्लाको तानसेन नगरपालिका ८ मदनपोखराका भण्डारी जिल्ला अध्यक्षमा चयन हुनुभएको हो ।

यस्तै विज्ञ सदस्यको रुपमा रैनादेवि छहर गाउँपालिका २ सोमादीका भोजराज पोखरेल (रामजी) र सदस्यको रुपमा रामपुर नगरपालिक दर्छाकी दुर्गा देवि राना नियुक्त हुनु भएको छ । नियुक्त हुनुभएका तिनै जना नेकप ओली समुहका जिल्ला नेता हुनुहुन्छ ।

जिल्लामा लोमो समय देखि रिक्त रहेको उत्त अयोगले पुर्णता पाएसँगै भुमि सम्बन्धी समस्या हल हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय