सुनिल कार्की,पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । जिल्लाको तानसेन ४ का वडाध्यक्ष राजेन्द्रमुनी शाक्यको रुपन्देहीमा उपचारको क्रममा निधन भएको तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । मृगौला सम्बन्धी समस्या भएर उपचारमा रहेका शाक्यको सोमबार दिउँसो उपचारकै क्रममा निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
वडाध्यक्ष शाक्यको उपचारका क्रममा बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको हो । ६० वर्षीय शाक्य लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित भएको मेयर अशोक कुमार शाहीले बताउनुभयो ।
स्व.शाक्य २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो । २०१७ माघ २३ गते जन्मिएका शाक्यको १ छोरा र १ छोरी छन । मंगलबार बिहान श्रद्दाञ्जलीका शव तानसेन नगरपालिकामा राखिने तानसेन ४ का वडा सदस्य गणेश थापाले जानकारी दिनुभयो । शाक्यको शव बौद्दिक परम्परा अनुसार अन्त्येष्टी हुने छ ।