माया बस्याल
माथागढी गाउँपालिकाका वडा नं. ३ का १४ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् ।
सरकारले कोरोना विरुद्ध खोप सम्पूर्ण स्थानीय तहमा पठाएपछि वडा नम्बर ३ कसेनीमा अग्र पंक्तिमा बसेर जनताको स्वास्थ्य सुरक्षाको चेकजाँच गर्ने स्वास्थ्यकर्मीहरुले प्राथमिकताको आधारमा कोरोना विरुद्धको भ्याक्सि लगाएका हुन् ।
कोरोना भाईरसको महामारीका बेला पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी नागरिकको स्वास्थ्यमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेविका गरि १४ जनाले कोरोना विरुद्ध भ्याक्सिन लगाईएको स्वास्थ्य चौकी प्रमुख गोविन्दप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईले भ्याक्सिन लगायांै भनेर सुरक्षित भएको महसुस गरी कोरोना भाईरस बाट बँच्न सचेतना भने अपनाउनुपर्ने बताउनुभयो । भट्टराईले मास्क प्रयोग गर्न र नियमित साबुनपानीले हात धुन आग्रह समेत गर्नुभयो ।
पहिलो चरणमा स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई खोप लगाईने सरकारको निति छ ।
दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने र खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने सरकारले जनाएको छ ।