सुनिल कार्की ।
पाल्पामा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको कोभिड १९ प्रयोगशाला काजिपौवा तानसेनमा भएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टी हुनेमा जिल्लाको अस्पताल र तानसेन नगरपालिकाका १४ जना,माथागढीका ३ जना,पुर्वखोला,रैनादेवि,रिब्दीकोट र तिनाउ गाउँपालिकामा एक ÷एक जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
पाल्पामा हाल सम्म ८५ जना स्वास्थ्यकर्मी र ३ जना स्वास्थ्य स्वयमसेविका कोरोना संक्रमित भइसकेका छन भने ३५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer