बगनासकाली पत्रकार समुहको प्रथम अधिवेशन सम्पन्न, अध्यक्ष : दिपक ढु‌गाना

नेत्र गैरे –
बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिवेशनले दिपक ढुंगानाको संयोजकत्वमा ११ सदस्यिय कार्यसमिति गठन गरेको छ ।

बगनासकाली गाउँपालिका भित्रका पत्रकारहरुको समुह बगनासकाली पत्रकार समुहको अधिवेशनले ढुंगानाको संयोजकत्वमा कार्यसमिति गठन गरेको हो । साधारण सभामा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दुरदराजमा रहेका नागरिकहरुको दुख, पिडा र समस्याका बारेमा पत्रकारहरको कलम चल्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिड १९ को दुखद परिस्थितिमा पत्रकारहरुको सिप विकासका लागी छुट्याएको रकम कोभिडको व्यवस्थापनमा हस्तान्तरण गरिनु सह्राहनिय काम भएको बताउनुभयो । बस्यालले समुहले गर्ने कार्यक्रमको लागी कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताउनुभयो ।
समितिको उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन हुनुभएको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकिय अवस्थाको जानकार भएकाले योजना छनौट देखी बजेट व्यवस्थापन सम्म सहजिकरण गर्न सघाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पा साखाका पुर्व अध्यक्ष गोविन्द भट्टराईले स्थानिय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताउनुभयो । अर्का पुर्व अध्यक्ष झपेन्द्र गहिरेले स्थानिय तहहरुका कामहरुको प्रचारप्रसार गर्न र नागरिक माझ पुर्याउन समुह सहयोगी बनेको र जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताउनुभयो ।

साधारण सभामा पत्रकारहरु देव पचभैया, कमलराज तिमिल्सेना, गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी लगाएतले नवनिर्वाचित समुहका पदाधिकारिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष दिपक ढुंगानाले समुहले संसागत विकासका लागी आवधिक योजना निर्माण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रम, सबै संग सहकार्य र समन्वयका साथै गाउँपालिकाका हरेक विषयबस्तु उठान गर्ने प्रतिवद्धता गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय