निर्देशक लोकेन्द्र थापाको टेलिचलचित्र भाग्यमानीको प्रिमियर शो

माया बस्याल

लेखक तथा निर्देशक लोकेन्द्र थापाको टेलिचलचित्र भाग्यमानीको पहिलो प्रिमियम सो दिव्य ज्योति माध्यमिक विद्यालयमा प्रदर्शन गरिएको छ ।

शहिद दिवसको अवसर पारि आफ्नै क्षेत्रमा प्रिमियम सो गरिएको लेखक तथा निर्देशक थापाले जानकारी दिनुभयो । गत मंसिर ३ गते सुभारम्भ गरिएको टेलिचलचित्र भाग्यमानीमा बालविवाहले समुदायका व्यक्तिहरुमा पार्ने असर र प्रभावको बिषय समेटिएको छ । टेलिचलचित्र हेर्ने दर्शकहरुले निकै सन्देशमूलक भएको प्रतिक्रिया दिएका छन् । यस्ता टेलिचलचित्रले समाजमा केही न केही रुपमा प्रभाव पार्छ । भागेर विवाह गर्ने चलन छ । सानो उमेरमा विवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा बुझिने सहभागी एक विद्यार्थीले बताउनुभयो ।

यस्ता सचेतनामूलक कार्यक्रमले बालविवाह न्यूनीकरणमा सहयोग पु¥याउन सक्ने अभिभावकहरुको भनाई छ । चलचित्र निर्माण गर्दा समसामयिक विषयवस्तुमा आधारित रहेर स्थानिय क्षेत्रको समस्या र त्यसले पार्ने प्रभावका विषयमा ध्यान दिईएको निर्देशक थापाले जानकारी दिनुभयो ।

अझै पनि बालविवाह गर्नेको संख्या घट्न नसकेको भन्दै बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयासहरु भएका भएपनी अझै पार्याप्त मात्रामा सचेतना फैलाउन नसकिएको निर्देशक थापाले बताउनुभयो । थापाले बालविवाहको न्यूनीकरणका लागि स्थानीय तह समेत थप अग्रसर हुनुपर्ने बताउनुभयो ।

नेपालको कानुनले २० बर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनेको छ । कानुन अनुसार बालविवाह गर्ने वा गराउनेलाई विभिन्न सजाय तथा दण्ड हुने ब्यवस्था छ । थापाले १५ दिन भित्र सम्पूर्ण सामाजिक संञ्जाल र विद्यालयमा पूर्याउने जानकारी गराउनु भयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय