नेता पाण्डेय कोरोना संक्रमणमुक्त

विजयकुमार बौडेल –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधि सभा सांसद सोम प्रसाद पाण्डेय कोरोना भाईरस संक्रमणमुक्त हुनुभएकोछ ।

कोरोना भाईरस संक्रमण पुष्टी भएपछी नेता पाण्डेय उपचारका लागी अस्पताल भर्ना हुनुभएको थियो । “HAMS अस्पतालमा उपचार गरी पीसीआर नेगेटिभ देखिएपछि घर फर्केको छु । शरीरमा कमजोरीको महशुस भए तापनि अब पूर्ण स्वास्थ्यलाभ हुनेछ भन्ने आत्मविश्वास लिएको छु ।” सांसद पाण्डेले भन्नुभयो । “उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्यलाभको कामना गरि शुभेच्छा र सद्भाव प्रकट गर्ने सबैमा हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छु ।”

डाक्टर अनुप सुवेदी र डाक्टर बिसाल पाण्डेय उहाँको उपचारमा संलग्न हुनुहुन्थ्यो । नेता पाण्डेयलाई गत माघ ३ गते राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण पश्चात कोरोना पोजेटिभ देखिएको थियो । नेता पाण्डेय जिल्लामा कोभिड १९ को प्रभाव कम गर्न अग्रभागमा रहेर काम गर्दै आउनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय