
विजयकुमार बौडेल –
रामपुर नगरपालिकाका एक वालकको कुलोमा डुवेर ज्यान गएको छ ।
रामपुर नगरपालिका–५, मटेरीकी योगमाया थापाका छोराको कुलोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । १९ महिनाका वालकको कुलोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार १२ बजे बालकको कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाल जानकारी दिनुभयो ।
घटनास्थलमा पुगेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।