हल्लिएका दाँत (अणुकथा)

लक्ष्मण देवकोटा –

न बहादुर बूढ़ाका चपाउने दांत ७० वर्षमा धुलोपीठो हुनेगरी कीराले खाए।

दांतको नाममा ठूटा मात्रै। “हल्लियाथे ! झर्यो। अर्को पलाउँछ। हल्लने दांत झरेकै राम्रो।” चिया भट्टीमा थोत्रा गिजामै बूढ़ाले आफ्नो बचाऊ गरे।

“अर्को पलाउँछ। नयाँ।“ बूढाले चुरोट सल्काउँदै भने। “बेला छ उम्रने। दांत मात्र हैन शुद्धि पनि गएछ तिम्रो। ” डहरमुनि साइँलाले झटारो हाने।

“दांत जोगाउन सधै सफा गर्न पर्छ। गुलियो कम खानु पर्छ। बूढ़ालाई गुलियो देख्नै नहुने। दांत बजाएर मात्र दांत जोगिन्न्न बूढ़ा हो। ”

सिमलको बूटामा बसेर गफ सुनीरहेको चिबे चराले भन्यो !

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय