विजयकुमार बौडेल –
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधि सभा सांसद सोम प्रसाद पाण्डेय कोरोना भाईरस संक्रमित भएपछी अस्पताल भर्ना हुनुभएको छ ।
कोरोना भाईरस संक्रमण पुष्टी भएपछी नेता पाण्डेय उपचारका लागी अस्पताल भर्ना हुनुभएको हो । “आजबाट खोकी र ज्वरो बढेको छ ।” नेता पाण्डेयले भन्नुभयो । “कोरोनाको सामान्य लक्षण देखिएपनी डाक्टरले आत्तिनुपर्ने अवस्था भने नभएको बताएका छन् ।” आफुलाई पोजेटिभ देखिएपछी परिवार, आफन्त र सुभेच्छुकहरुलाई पनी सुरक्षा होस् भनी अस्पताल भर्ना भएको नेता पाण्डेयले बताउनुभयो ।
डाक्टर अनुप सुवेदी र डाक्टर बिसाल पाण्डेय उहाँको उपचारमा संलग्न हुनुहुन्छ । नेता पाण्डेय Hames Hospital मा उपचाररत रहनुभएको उहाँका स्वकिय सचिव पदम गैरेले जानकारी दिनुभयो । नेता पाण्डेयलाई गत माघ ३ गते राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण पश्चात कोरोना पोजेटिभ देखिएको थियो ।
नेता पाण्डेय जिल्लामा कोभिड १९ को प्रभाव कम गर्न अग्रभागमा रहेर काम गर्दै आउनुभएको थियो ।