
सुनिल कार्की ।
पाल्पाको पुर्वी भेग रामपुरमा रहेको एक होटलमा आगलागी भएको छ । जिल्लाको रामपुरपालिका ५, बेझाड स्थित बसपार्कमा चित्र बहादुर गाहाले सञ्चालन गर्दै आएको गाहा होटलमा आगलागी भएको हो । आगलागीबाट २ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
आगलागीबाट मानविय क्षति नभए पनि होटलमा स्टोर गरि राखिएको नेपाल हर्बलको करिब दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । होटेलमा बस्दै आएका नेपाल हर्बलका ६ जनाको अवस्था सामान्य रहेको सुचना अधिकारी पचभैयाले बताउनुभयो ।
गाहा होटलमा नेपाल हर्बलमा कार्यरत ६ जना सहित बिक्रिको लागि राखिएको सामान स्टोरको रुपमा राखिएको थियो ।
आगलागी विद्युत सट भएर भएको प्रहरीले जनाएको छ । आगलागीको विषयमा थप अनुशन्धान गरि क्षतिको मुचुल्क उठाउने कार्य सुरु भएको छ ।