
पाल्पा,सुनिल कार्की ।
पाल्पामा महिला हिंसा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोग काठमाडौंको आयोजनामा जिल्लाका सरोकारवाला बिच महिला हिंसा रोकथाम र न्युनिकरणका समसामयिक विषयमा विमर्श भएको हो । कार्यक्रममा लिभिङ टुगेदर,यौनक हिंसा,वैदेशिक रोजगारले निम्ताएको महिला हिंसाको विषयमा छलफल भएको थियो । कार्यक्रममा जिल्लाका स्थानिय तहका उपप्रमुखहरुले आफ्नो स्थानिय तहमा न्यायिक समितिले महिला हिंसा न्यूनिकरणको लागि गरेका काम,न्यायिक समितिमा आउने घटना, न्याय सम्पादनका समस्या र चुनौतिका विषयमा महिला आयोगलाई ध्यानकर्षण गराएका थिए ।
कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले महिलाको क्षमता विकास र रोजगारीको लागि स्थानिय सरकारले बलिए कार्यक्रम ल्याउन सके मात्र महिला हिंसाको न्यूनिकरणमा कमी आउने बताउनुभयो । न्यायको सम्पादनको लागि स्थानिय तहमा रहेका न्यायिक समितिलाई अझ तालिमको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका तर्फबाट प्राविधिक सल्लाहाकार पलिता थापा र र जिल्ला प्रशासन कार्यालय पाल्पाको तर्फबाट प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले महिला हिंसा न्यूनिकरणको लागि गरेको प्रयास र कामको कार्यपत्र बारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न स्थानिय तहका न्यायिक समितिका संयोजकहरुले उठाएका जिज्ञासको जवाफ दिर्दै राष्ट्रिय महिला आयोगकी सचिव शान्ता अधिकारी भट्टराईले जिल्लामा महिलाको अवस्था बारे जानकारी लिएर गएपछि आवश्यक कार्यक्रम गाउँ गाउँमा लैजाने बताउनुभयो । सम्रग देशमा महिलाले आफ्नो हक र अधिकारका लागि विभिन्न खालका समस्या भोग्नु परेको भन्दै त्यसको समधानको लागि सरकारलाई अग्रह गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय तहका उपप्रमुख,न्यायिक समितिका सदस्य,सुरक्षा निकायमा प्रमुख,कानुन ब्यवसायि,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय महिला आयोगका शाखा अधिकृत रोशन अर्यालले गर्नुभएको थियो । २०५८ सालमा स्थापना भएको राष्ट्रिय महिला आयोगलाई नेपालको संविधान २०७२ ले संवैधानिक अंगको रुपमा व्याख्या गरेको छ ।