पाल्पाको हुमिनमा पुग्यो ग्लोबल आइएमई बैंक

सुनिल कार्की पाल्पा ।
ग्लोबल आइएमई बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका ४ हुमिन स्थित घ्याङ्सिङ्ग पोखरामा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको सबै स्थानिय तहमा आधारभुत बैंकिङ सेवा पु्याउन शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको ग्लोबल आइएमई बैंक ताहु शाखाका प्रमुख प्रविन देव पन्तले जानकारी दिनुभयो । योसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या २४५ पुगेको छ ।

घ्याङ्सिङ्गपोखरामा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन, रम्भा गा.पा. वाड न.४ हुमिनका वाड अध्यक्ष श्री भोज बहादुर वि.क. तथा ग्लोबल आइएमई बैंकको ताहुँ शाखा प्रमुख प्रविण देव पन्तले संयुक्त रुपमा गर्नुभएको थियो । शाखारहित बैंकिङ्ग सेवाको स्थानिय प्रतिनिधिमा बिष्णु बहादुर वोमरेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट रम्भा हुमिनका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने,NTC /DISHHOME/CDMA/UTL/ NCELL/ NEA को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय