खुट्टा भाँचिएकी बालिकाकाे उपचारका लागि आर्थिक अभाव, सहयाेग संकलन अभियान सुरु

पाल्पामा एक बालिकाको लागि उपचारका लागि आर्थिक अभाव भएको छ । जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर १ चिदिपानीकी ११ बर्षिया बालिका विद्या हितंगा सार्कीको खुट्टा भाँचिएर युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेकोमा आर्थिक अभाव भएको परिवारले जनाएका छन् । विद्याको परिवारले उनको थप उपचार गर्नुपर्ने र रकम अभाव भएकोले सवैलाई सहयोगका लागि परिवारले अपिल समेत गरेको छ ।

विपन्न परिवार र आर्थिक अवस्था पनि कमजोर भएपछि विद्याको उपचारका लागि आर्थिक सययोग जुटाउनका लागि पाल्पा सार्की परिवारले अभियान चलाएको छ । पाल्पा सार्की परिवारले विगतमा पनि विभिन्न समस्यामा परेकाहरुलाई सहयो गर्दै आईरहेकोमा यस पटक विद्या हितंगा सार्की सहयोग अभियान संचालन गरेको छ ।

बालिकाको यस अघि पनि खुट्टा भाँचिएको र राम्रो संग उपचार गर्न नसकेकोमा फेरी दोश्रोपटक भाँचिएपछि उपचारका लागि आर्थिक अभाव भएको हो । बालिकालाई थप उपचारका लागि अझै ४ हप्ता अस्पतालमै राख्नुपर्ने भएकोले आवश्यक आर्थिक ब्यबस्था कसरी मिलाउने भन्ने चिन्तामा परिवार रहेको छ । बालिकालाई सहयोग गर्न चाहनेहरुले ग्लोबल आई एम ई बैंक पाल्पाको खाता नम्बर D३०७०१०००२८१९ वा ईसेवामा ९८५७०६५८६५ मा सहयोग गर्न सकिने पाल्पा सार्की परिवारका संयाेजक जमुना हिताङ्गले जानकारी दिनुभयाे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय