ओली समुह पाल्पाको अगुवा कार्यक्रता भेलाको तयारी पुरा,बस्नेत र पोखरेल आउने

नेकपा ओली समुहको अगुवा कार्यक्रता भेलाको तयारी पुरा भएको छ । उक्त भेलालाई सम्बोधन गर्न नेताहरु महेश बस्नेत र शंकर पोखरेल आउने भएका छन । त्रिभुवन बहुमुखि क्यामपसको सभा हलमा शनिबार हुने भेलालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा ओली समुहका केन्द्रिय सदस्य राम बहादुर राउतले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा ओली समुहका हजारौं युवा कार्यक्रताको सहभागिता रहने दावि आयोजक नेकपा ओली समुहले गरेको छ । कार्यक्रममा जिल्लाका १० वटै स्थानिय तहमा अगुवा कार्यक्रता सहभागि हुने नेकपा पाल्पाका अध्यक्ष नारायण प्रसाद आचार्यले बताउनुभयो । संसद विघटनको विषयमा फैलाईएको नकारात्मक टिप्पणीलाई चिर्न कार्यक्रम गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । महेश बस्नेत नेकपाका केन्द्रिय सदस्य एवं युवा संघका केन्द्रिय इन्चार्ज हुन भने शंकर पोखरेल नेकपाको स्थायि कमिटि सदस्य एवं यसै प्रदेशका मुख्य मन्त्री हुन ।

पछिल्लो समय उनि सहभागि हुने कार्यक्रममा कुनै न कुनै घटना हुने गरेका छ । त्यस कारण जिल्लामा उच्चा सर्तकता अपनाईएको छ । साथै प्रचण्ड माधव पक्षका कार्यक्रताबाट हुन सक्ने अवरोधलाई मध्यनजर गरि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय