
सुनिल कार्की,पाल्पा ।
पाल्पाका पुर्व सांसद यादव बहादुर रायमाझीलाई थप उपचारको हेलिकप्टर मार्फत काठमाण्डौं लागिएको छ ।
कोरोना संक्रमण रिपोट पोजेटिभ आएपछि मिसन अस्पताल भर्ना हुनुभएका रायमाझीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखि काठमाण्र्डौं रेफर गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
संसद विघटन पछि सिर्जित पछिल्लो घटनक्रमले दौडधुपमा रहनुभएका रायमाझीलाई सोही समयमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
वि.स २०५६ सालको चुनावमा पाल्पा क्षेत्र नं ३ बाट रामयमाझीले चुनाव जित्नुभएको थियो । पुर्व सांसद रायमाझी तत्कालिन ऐमाले हुँदै हाल नेकपाको प्रचण्ड माधव पक्षमा संक्रिया हुनुहुन्छ । रायमाझीलाई सिम्रिक एयरको हेलिकप्टर मार्फत आर्मीको छाउन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।