सुनिल कार्की ।
तानसेन नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । संसदिय अभ्यिास सहित भएको नगरसभामा विभिन्न विध्येक र प्रस्तावहरु अनुमोदन भएको छ । संसदको झल्को दिने गरि सुरु भएको नगर सभामा विभिन्न विषयगत समितिका सभापतिहरुले आ –आफ्नो प्रस्ताव र विध्येक प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा तानसेन नगरपालिकाको चालु आर्थिक बर्षको निति तथा कार्यक्रम वडा नं १ का वडा अध्यक्ष राम प्रसाद बस्यालले प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा विनियोजन ऐन २०७७ को पहिलो संशोधन उपप्रमखु लक्ष्मी देवि पाठक,आर्थिक ऐन २०७७को पहिलो संशोधन सुनिता वैजु,योजना संशोधन विध्येक राम बहादुर रावल,आर्थिक ऐन २०७७ मैया देवि घिमिरे,एफएम रेडियो सञ्चालन कार्यविधि २०७७ दिपक विश्वकर्मा लगायताले प्रस्तुत गर्नुभएको विभिन्न विद्येयक र प्रस्ताव सभामा सर्वसम्मतिले पारित भएका छन भने राम बहादुर रावलले प्रस्तुत गर्नुभएको योजना संशोधन प्रस्तावमा वडा नं १ का वा अध्यक्ष राम प्रसाद बस्याल,वडा नं ५ का वडा सदस्य विष्णु बहादुर कार्की लगायतले योजना छनोट गर्दा आवश्यक सल्लाहा हुनुपर्ने भन्दै त्यस प्रस्तावमा पुर्न विचार होस भनि भन्दै प्रश्न गर्नुभएको थियो भने अन्य वडाका वडा सदस्यले विभिन्न कारणले योजनाको छनोट गर्न ढिलाई भएकोले समय उपलब्ध गराईदिन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्वास्थ्य समस्याले सहभागि हुन नपाउनुभएको वडा अध्यक्ष,वडा सदस्यहरुमा स्वास्थ्य लाभको कामना,विश्व बैंकलाई धन्यवाद ज्ञापन,कोभिडले ज्यान गुमाएका १० जनाको शोक प्रस्ताव,कोभिड राहात कोषमा सहयोग गर्ने दाता प्रति धन्यवाद प्रस्ताव लगायतका विभिन्न धन्यवाद प्रस्ताव पारित गरेको छ ।
कार्यक्रमको शून्य समयमा बोल्दै सभाका सदस्य एवं वडा नं ५ का वडा सदस्य विष्णु बहादुर कार्कीले अहिले सम्म तानसेन नगरले गरेका कामको समिक्षा हुनुपर्ने,स्थानिय चुनावमा मतदाता समक्ष गरेका प्रतिबद्धता अनुरुपम काम गर्नुपर्ने, बन्दै गरेको हरित बसपार्क निर्माण गर्दा निम्तीएको खानेपानि समस्याको समधान खोज्नुपर्ने,कोभिडको समयमा वितरण भएको जोखिम भत्ताको विवरण सार्वजानिक गर्नुपर्ने बताउनुभएको थियो । यस्तै शुन्य समयमा बोल्नुभएका वडा नं १ का सदस्य नारायण न्यौपानेले पाँचौ नगरसभामा मिसन हस्पिीटल क्षेत्रमा मदिरा निषेधीत गर्ने भनि गरिएको प्रस्तावले होटल ब्यवसायि मारमा पारेको भन्दै नगरले लिने करमा छुट गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर सभाका सभाअध्यक्ष अशोक कुमार शाहीले कोभिड र समसामायिक राजनैतिक घटनाक्रमको उल्लेख गर्दै तानसेन नगर सरकारले विकासमा राम्रो फड्का् मार्दै गएको बताउनुभयो ।
सभाअध्यक्ष नगरप्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा सुरु भएको नगर सभामा उपप्रमुख लक्ष्मी देवि पाठक,प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज बेलबासे लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन आर्थिक प्रशासन शाखाका प्रमुख भरत आचार्यले गर्नुभएको थियो ।