माथागढी बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको आफ्नो कार्यलाई थप प्रभाकारी बनाउन माथागढी गाउँपालीका १ चिदीपानीमा शाखा कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरेको छ।
माथागढि गाउपालिका कार्यक्षेत्र भएर स्थापना भएको सहकारी माथागढी १ दोहोरा माडि फाटमा प्रधान कार्यालय रहेको छ कार्यालय उद्घाटन बुधबार सात्दोबाटमा प्रमुख अतिथि माथागढी गाउँपालीका १ नम्बर वडाका अध्यक्ष शिव प्रसाद शर्मा घिमिरेले गर्नुभएको हो ।कार्यक्रममा यश बहुउद्देश्यीय सहकारीका उद्देश्य र लक्षित कार्यक्रमका माध्यमबाट बचत संकलन र ऋण लगानी गर्दै परम्परागत खेती प्रणालीलाई अन्त्य गरेर बैज्ञानिक र आधुनिक खेती प्रणालीको बिकास गर्न महत्वपूर्ण भुमिका खेल्ने घिमिरेको भनाइ छ।
कार्यक्रममा स्थानीय बासिन्दाको तर्फबाट चेत बहादुर केसी सम्पूर्ण बिद्यालयको तर्फबाट सौभाग्य माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनाल वाड सदस्यहरूको प्रतिनिधित्व गर्दै हिरा ब. रेग्मी माथागढी गाउँपालीका कार्यपालिका सदस्य बिद्या थापाले सहकारीले गरेको छोटो समयको प्रगतिको चर्चा गर्दै लगडाउनको समयमा किसान र उपभोक्तालाइ लगाएको गुन जिल्लामै उदाहरण रहेको उहाहरुको भनाइ छ।यसैबिच सस्थाको अध्यक्ष राजकुमार पन्थिले सस्थाको गतिविधि सहकारीको आगामी कार्ययोजना साखा कार्यालय स्थापना र यस क्षेत्रका जनताको आर्थिक सामाजिक रुपान्तरण सहित जागरण पैदा गर्दै समुदायको असल सारथि बन्ने प्रतिबद्धता ब्याक्त गर्नुभएको थियो।
सस्थाले कृषि सङ्कलन केन्द्र दुग्ध सङ्कलन केन्द्र सामुदायिक कुटानिपिसानि मिल संचालन गरेको जसबाट समुदाय सदस्यहरु लाभ लिनुपर्ने पन्थिको भनाइ छ।यस सहकारी सस्थाले २०७३ साल देखि आफ्नो स्थापना कालदेखि विभिन्न बचत र ॠण सहुलियत दरमा प्रदान गरि ब्यवहाररिकतालाइ बढि ध्यान दिएको बुझ्न सकिन्छ।कार्यक्रम सस्थाका सचिब बिजयदिप पन्थि कोसाध्यक्ष कुल बहादुर गाहा भवान सिंह गाहा खेमानसिङ सारु गङ्गा रेग्मि जमुना थापा लिलाम्बर गाहा मुरारी बस्याल अम्बिका काफ्ले लगाएतको उपस्थितिमा उपाध्यक्ष टोपला पाण्डेको स्वागत संचालक समितिका सदस्य नवराज पन्थीको सञ्चालन सहकारी सस्थाका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षमा सम्पन्न भएको थियो।