पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले निजीविद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता हुने बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष थापाले चालु आर्थिक वर्ष २०७७/०७८भित्र विद्यालय समायोजन प्रक्रिया टुंग्याउने बताउनुभएको हो । पूर्वखोलामा रहेका ५ निजी विद्यालयलाई सरकारी विद्यालयमा समायोजन गरेको गाउँपालिकाले नजिकको सरकारी विद्यालयमा अंग्रेजी ब्लक स्थापना गरी पठनपाठन गराउँदै आएको छ ।
पूर्वखोलाको आठौँ गाउँसभाले विद्यालय समायोजन प्रक्रियालाई टुंगोमा पु¥याउन शिक्षा नियमावली र अन्य आवश्यक कानुन पारित गरिसकेको छ । समुदायमा निजी र सरकारी भन्ने मान्यता, धनी र गरिबको विभेद र शिक्षामा देखापरेका असमानता हटाउन निजी विद्यालय समायोजन गरिएको गाउँपालिका अध्यक्ष थापाको भनाई छ ।
विद्यालय समायोजनका लागि बजेट पौने २ करोड प्रस्तावित गरेको उल्लेख गर्दै अध्यक्ष थापाले निजी विद्यालय सञ्चालकको लगानी छिट्टै फिर्ता गर्ने बताउनुभएको छ ।