विजयकुमार बौडेल –
माघ ५ – अनेरास्ववियू पाल्पा ओली समुहले समसामयिक राजनिति र वर्तमान परिस्थिति विषयमा विद्यार्थी प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
भेलालाई सम्बोधन गर्दै अनेरास्ववियू नेता तथा नेकपा केन्द्रिय सदस्य रश्मी आचार्यले अहिलेको राजनैतिक अवस्थाका बिषयमा विद्यार्थीले सबैभन्दा धेरै बुझ्नुपर्ने बताउनुभयो । नेता आचार्यले नेकपा विभाजन भए संगै विद्यार्थीमा पनी अन्यौल बढेको भन्दै अलमल नहुन अनुरोध गर्नुभयो ।
नेता आचार्यले विद्यार्थी राजनिति गर्ने व्यक्तिहरुलाई अराजक हुने छुट नभएको बताउनुभयो । फरक समुहले अराजकता फैलाएको भन्दै नेता आचार्यले नेकपाको मुल धारका विरुद्ध लाग्ने समुहमा राजनैतिक संस्कार नदेखिएको बताउनुभयो ।
भेलामा नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद नारायण आचार्यले नेपालको कम्यूनिष्ट आन्दोलनलाई माधव प्रचण्ड समुहले तुहाउने प्रयास गरेको बताउनुभयो । नेता आचार्यले नेकपा नेतृत्वको सरकारलाई आफ्नै पार्टीभित्रका नेताहरुले काम गर्न नदिएर अप्ठेरो पारेको बताउनुभयो । छलफलबाटै समाधान हुने विषयलाई अविस्वासको प्रस्ताव लगेर परिस्थिति भड्काउने काममा प्रचण्ड नेपाल लागेको आचार्यको भनाई थियो ।
नेकपा केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरेले नेपाली जनताको निम्ती केपी ओली सरकारले विभिन्न राम्रा कामहरु गरेको भन्दै प्रचार हुन नसकेको बताउनुभयो । आफ्नै घरभित्रबाट सहयोग र समर्थन मिल्न नसकेपछी प्रधानमन्त्री ओली संसद विघटन गर्न बाध्य भएको घिमिरेको भनाई थियो ।
कार्यक्रममा विद्यार्थी ईन्चार्ज रामजी पोखरेल, केन्द्रिय विद्यार्थी नेताहरु सुदर्शन सिवाकोटी, सुजन भट्टराई, टिका बहादुर थापा, प्रेम बगाले, सदिक्षा ढकाल लगाएतले विद्यार्थी संगठन रचनात्मक कार्य गर्दै अघि बढ्नुको विकल्प नभएको कुरामा जोड दिएका थिए ।
भेलाले हिरामणी पराजुली “जनक” को संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला कमिटिको पुर्नगठन समेत गरेको छ । जसको सहसंयोजकमा राधाकृष्ण दंगाल र सचिवमा मदन आचार्य चयन हुनुभएको छ । नवगठित कमिटिका संयोजक पराजुलीले विद्यार्थी एकता आवश्यक भएको भन्दै सबै विद्यार्थीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024 Copyright Madi View Media Pvt. Ltd. | All rights reserved
Developed By: Namuna Computer