अखिल पाल्पामा गुटको लडाईं, निकै तल्लो स्तरमा झरेर फेसबुक बहस

विजयकुमार बौडेल
माघ ४ – प्रतिनिधिसभा विघटनपछि केन्द्रमा नेकपा दुई चिरा भएसँगै जिल्ला र गाउँ तहका कार्यकर्ता पनि छुट्टिन थालेका छन् । केपी ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा छुट्टिएको स्थानीयस्तरमा आयोजना हुने भेला र बैठकबाटै प्रस्ट भएका छन् । पार्टी स्तरमा अलग अलग भेला तथा प्रशिक्षण भए पनी त्यो अहिले विद्यार्थी संगठनमा देखा परेको छ ।

नेकपा विवादको किचलो केन्द्र, जिल्ला हुँदै पाल्पाको विद्यार्थी संगठनमा पनी पेचिलो बन्दै गएको छ । माउ पार्टी नेपाल कम्यूनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरु केपी ओली र माधव प्रचण्ड दुई विपरित ध्रुवतर्फ मोडिएपछी जिल्लाको विद्यार्थी संगठन अनेरास्ववियू पनी दुई भागमा बाँडिदा विवाद पेचिलो हुँदै गएको हो ।
माघ ३ गतेको प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरुलाई आमन्त्रण गर्दै अनेरास्ववियू पाल्पाका संयोजक पदम सोमैले सामाजिक सञ्जाल फेसबुकमा माघ २ गते बेलुकी ५ बजेर २६ मिनेट जाँदा विद्यार्थी भेला तथा प्रशिक्षणको लागी निमन्त्रणा व्यानर पोष्ट गर्दै लेखेका छन् : “उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।।। भोलि २०७७/१०/०३ गते, शनिबार त्रिभुवन बहुमुखी कलेज तानसेनको हल समय : ११ बजे ।”

संयोजक सोमैले पोष्ट गरेको ठिक एक घण्टा पछी सहसंयोजक जनक पराजुलीले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् : “२०७७/१०/३ गते अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको कुनै पनि कार्यक्रम नरहेकोले भ्रममा नपर्नुहुन सम्पुर्ण बिद्यार्थी साथीहरुलाइ जानकारी गराउदै २०७७/१०/०५ गते अनेरास्ववियू जिल्ला कमिटी पाल्पाको भेला तथा प्रशिक्षण कार्यक्रम त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभाहलमा आयोजना गरिएकोले उपस्थितिका लागि सम्पुर्ण बिद्यार्थीहरुमा अनुरोध छ ।”

त्यसपछी फेरी संयोजक सोमैले अरु कसैको भ्रमपुर्ण म्यासेज या फोनले नझुक्किन आग्रह गरेका छन् । उनले लेखेका छन् : “अनेरास्ववियूको आधिकारिक कार्यक्रम भोलि शनिबार त्रिभुवन बहुमुखी कलेज तानसेनको सभाहलमा हुने हुँदा कहिँ कतै बाट भ्रमपुर्ण म्यासेज, फोन आएमा नझुक्किनुहुन र कार्यक्रममा उपस्थित भैदिनुहुन सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक अनुरोध गर्दछु ।”
नेकपा पाल्पाका विद्यार्थी ईन्चार्ज रामजी पोखरेलले पनी कुनैपनी भेला आयोजना नगरिएको भन्दै लेखेका छन् : “म अखिल पाल्पाको इन्चार्ज हो । मैले गरेको पोस्ट आधिकारिक धारणा हो ।”
विद्यार्थी संगै जिल्ला तहका नेताहरु समेत फेसबुकको कमेण्ट बक्समा जुधेका छन् । विद्यार्थी ईन्चार्ज पोखरेलले लेखेका छन् : “यो भेला ५ गतेलाई सरेको कुरा जानकारीको लागि सादर अनुरोध छ ।” त्यसैको रिप्लाईमा नेकपाकै जिल्ला नेता कमल पाण्डेयले लेखेका छन् : “झुट हो ।”

नेकपाकै जिल्ला नेता राजकुमार पन्थीले लेखेका छन् : “दुबै भेला आधिकारिक हो, कुनै भ्रममा पर्नु जरुरी छैन, तिन गतेको माधब प्रचण्ड समुहको भने पाच गते ओलि समुहको । यो दुबै गलत छ । विद्यार्थी सचेत जमात पार्टी एकताको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा गुटगत पक्षमा लाग्दा आजको दुर्भाग्यपूर्ण अवस्थाको सिर्जना भयो । हुन त म नि नेकपा पाल्पाको विद्यार्थी फ्याक्सन सह इन्चार्ज हो । अहिले म दुबै समुहको पक्षमा एकताको पक्षमा छु, कसैलाई भ्रम नरहोस । कसैको दम्भ नि नदेखियोस । हामि जिल्ला बासीले सिर्जित यो समस्या नभएकोले स्वस्छ बहसमा आउन र मित्रबत ब्यवहार प्रदर्शन गर्न सम्पुर्णमा हार्दिक अपिल गर्दछु ।”

प्रचण्ड माधव नेपाल पक्षले तयार पारेको कार्यक्रमको व्यानरमा मिति मात्र फेरेर पोष्ट गरेको भन्दै संयोजक सोमैले लेखेका छन् : “ब्यानर चोरर औकात देखाएका छन । विद्यार्थीहरु नझुक्किनु होला अनेरास्ववियूको भेला भोलि शनिबार नै हो ।”

अनेरास्ववियू पुर्व केन्द्रिय सदस्य तथा जनप्रतिनिधि टिका थापाले सोमैको स्टाटसमा प्रतिक्रिया दिएपछी सामाजिक सञ्जालमै भनाभन र बोल्नै नसकिने शव्दका दोहोरी चलेका छन् । चोर र लुटेरा सम्मका शव्द प्रयोग भएका छन् । सामाजिक सञ्जालमा दुवै पक्षका नेता कार्यकर्ताहरुले तल्लो स्तरमै आएर प्रतिक्रिया दिएका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय