२३ औं भुकम्प सुरक्षा दिवस पाल्पामा डेमो प्रर्दशन सहित मनाईयो

सुनिल कार्की पाल्पा ।
आज २३ औं राष्ट्रि भुकम्प सुरक्षा दिवस पाल्पामा डेमो प्रर्दशन सहित मनाईएको छ । भुकम्प र आगलागी हुँदा कसरी सुरक्षित उद्धार र व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देशमुलक बृहत डिमोस्ट्रेश्न तानसेनको टुडिखेलमा प्रर्दशन गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भुकम्प पश्चात खोज तथा उद्धार सम्बन्धी संयुक्त अभ्यास गरिएको थियो । डिमोस्ट्रेश्न प्रर्दशन कार्यक्रममा पाल्पा स्थित नेपाली सेनाको श्री गोरखदल गण, श्री कालिभक्त गण ‘इ’, नेपाल प्रहरी,सश्त्र प्रहरी,नेपाल रेडक्रस,एन.सि.सि.आल्मोनाई एशोशियसनको संयुक्त प्रस्तुतीमा आयोजना गरिएको थियो । भुकम्प जाँदा अपनाउनुपर्ने सावधनि,आवश्यक सामाग्रीको बन्दोबस्ती,त्यस बखत हुने उद्धार,घाइतेको प्राथमिक उपचार,सुरक्षा तयारी,सुरक्षामा खटिने जनशक्ति, सुरक्षा अंगहरु बिचको समन्वय आदिको बारेमा डेमो प्रर्दशन गरिएको गोरख श्री गोरखदल गणका गणपति जनक कुमार बस्नेतले जानकारी दिनुभयो ।


कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,रेडक्रस सोसाइटी लगायत विपद्को समयमा उद्धारमा प्रयोग हुने आवश्यक सामाग्रीको प्रर्दशनी समेत गरिएको थियो । कार्यक्रममा जिल्ला विपद् व्यस्थापन समितिका संयोजनक एवं प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने,श्री गोरख दल गण पाल्पाका गणपति जनक कुमार बस्नेत,प्रमुख प्रशासकिय अधिकृत रमा श्रेष्ठ,यज्ञेश्वर पन्थी,जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोश कुमार भट्टराई लगायतको सहभागीता रहेको थियो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटना हुनु अगावै हुने यस्तो खालको तयारी विपद्मा उद्धार र व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।
विपद् पुर्व गरिएको उक्त अभ्यासले निकट भविष्यमा हुन सक्ने संभावित जोखिमको न्यूकरणको लागि महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । उक्त डेमो प्रर्दशनमा सुरक्षा निकाय,स्थानिय,विद्यार्थी, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय