कि तँ छैनस्, कि म छैन (अणुकथा)
– लक्ष्मण देवकोटा
ढकालकुनाका अर्जेल जेठा र माइला आंटीमा लड़ाभाँती गरेको बाटैबाट सुनियो।
‘तँ डांका होस्’ जेठा चिच्याएको सुनियो।
‘म डांका भए तिमी महाडांका हौ’ माइलाले मुख फर्काए।
‘तँ पातकी होस्’
‘तिमी महापातकी हौ।’
‘दाई भएर मात्र हो !
नत्र जम्मै पोल खोलेर व्हांगै पार्दीन हूंतो ।’
झगड़ा सुन्न नसकेर घुरूप्प जम्मा भएका गाउँलेले कान थुने।
…….
रिसको झोंकमा जेठाले ताउलो सुइँकाए।
मान्छे धन्न छलिए। ढुङ्गामा ठोक्किएर ताउलो कचाककुचुक भयो।
माइलाले आरी सुइंकाए !
सामान फलाफाल भयो।
……
“कि तँ छैनस्
कि म छैन”
दुईटैले चिच्याए !
……
हात हालाहाल हुन थालेपछि मान्छेहरु ज्यानमारामा परिएला भनेर लाखापाखा लागे।
‘धनसार कुर्न राखियो दाइहरु भनेर। दाइहरुले देखाइदिए। ’ राइंला अर्जेलले तितो पोखे।
“भागबण्डा नमिलेर हो, भोली बिहान यी हाँस्दै घिउ थपि थपि सँगै भान्सा गरेको नदेखे मरिजाम् ! नचिनेको हो र यिनका ख़लक ?”
छिमेकी अचार्ज झबीलालले सुर्तीको लुँडो फेट्दै भने।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय