नारायण अधिकारी
मैले तीनमा पढ्दा , हाम्रो कक्षामा एकजना मनिटर थिए- अलि बर्ष खाएका , जङ्गी।उनी सर्बाधिकार सम्पन्न थिए , उनले भनेको सबैले मान्नु पर्ने। दिशा – पिसाब गर्न , पानी खान ,सिँगान फाल्न बाहिर जानू परेमा उनको अनुमती चाहिन्थ्यो।उनी हर्दम बिलाउनिको लौरो लिएर बस्थे- भनेको नमाने सुम्ल्याउथे।
आफू पढ्न फिटिक्कै जान्दैनथे – तर हाम्लाइ पढ , पढ भनिरहन्थे।अझ – नजानेमा मलाइ सोधओ , पनि भन्थे।तीन कक्षा को शारीरिकमा game भन्ने अङ्ग्रेजी शब्द थियो । यो के हो नि- भनेर सोधेमा , गामे हो गामे भन्थे ।उनलाइ मास्टर्जिको आशीर्वाद थियो , हामी उनी सङ्ग कुस्तुर।
उनका नङ काला र लामा हुन्थे ।काँचो बिलाउनिको लौराको बोक्रो त्यही नङले कोतरेर सफा पार्थे ।हामिलाइ भने नङ नकाटेको भनेर हक्ल्याउथे।गतिलो काम गरेको कहिले जानिएन।कैले अदुवाको लोप्रो ल्याउथे र – हेरओ , म यो खान सक्छु – भन्दै कराम,कराम चपाएर निल्थे।कैले खुर्सानिको ढेँडी खाइदिन्थे र भित्तातिर फर्केर राल काढ्थे , पीराले आत्तिएर ।हामी भने उनलाइ रामायणको हनुमान जस्तो पराक्रमी मानेर खुब हेर्थेम ।
उनले खागिको धोल्लो बाहुला भएको जाङगे लाउंथे र भित्रबाट लगौँटी कस्थे।
लिप्टामा बसेर बिलाउनेको बोक्रो काढ्दा उनी यति तल्लिन हुन्थे कि
उनको जाङ्गे लतृन्थ्यो र कसेको लगौँटी पनि धोल्लिन्थ्यो।यहि मौका पारेर – लुकाउनु पर्ने जिनिस मैलो लगौँटी र धोल्लो खागिको जाँगे छिचोलेर जटाधारी शिबजी झैँ बाहिर प्रकट हुन्थ्यो।अब के चाहियो ? हामी हि हि हि गरेर हांस्थेम ।तर उनी आफ्नो उदाङ्गिएको अङ्ग र जाँगे सम्हाल्न पट्टि भन्दा हामिलाइ सुम्ल्याउन पट्टि लाग्थे ।
येनकेन बर्ष बित्यो। जाँचमा हामि पास भएर चारमा पुगेम , उनी फेल भएर तीनमै बसे ।बल्ल उनको तानाशाहिबाट मुक्ती पाइयो।