ढाड भाँचिएर रकम अभावका कारण उपचार नपाएका विकलाई सहयोग

विजयकुमार बौडेल
पाल्पा । रुखबाट खसेर मेरुदण्ड भाँचिई ओछ्यान परेका पोम बहादुर विकको उपाचारका लागी संकलित रकम हस्तान्तरण भएको छ ।

विदेशमा रहेका यूवाहरुको सहयोगी संस्था प्रवासी हातेमालो यूवा समुहले सहयोग संकलन गरि विकको परिवारलाई हस्तान्तरण गरेको हो । समुहका संयोजक रेवन्त सिंजालीले विदेशमा रहेका यूवाहरुले १० दिने सहयोग अभियान सञ्चालन गरि सहयोग संकलन गरेको बताउनुभयो । तानसेन ६ लामडाँडा निवासी विकको घरायसी काम गर्ने शिलशिलामा रुखबाट खसेर मेरुदण्ड भाँचिएको थियो । विकको अण्डकोष समेत काटेर फालिएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले सहयोग समाजमा मानवता जिवितै रहेको उदाहरण भएको बताउनुभयो । मेयर शाहीले यस्तो अप्ठेरो अवस्थामा पनी घर छाडेर जान भन्दै केही व्यक्तिहरु लागेको भएपनी सरकारी जग्गामा बसेको भएकाले केही समय नआत्तिएर कसैको धम्किको वास्ता नगर्न अनुरोध गर्नुभयो । भोली सडकले आवश्यक परेर फाल्न लागेको अवस्थामा विभिन्न उपाय अपनायर नगर सरकारले बासको व्यवस्था गर्ने मेयर शाहकिो भनाई थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नं. ६ का अध्यक्ष सागरमान महर्जनले विकको सहयोगका लागी आफु निरन्तर लागीरहेको बताउनुभयो । वडाध्यक्ष महर्जनले आफ्नो गाउँठाउँका दुखी पिडितहरुका लागी छाक काटेर विदेशमा कमाएको पैसा सहयोग गर्ने यूवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

समुहका अध्यक्ष मान बहादुर सिंजालीले आर्थिक अवस्था कमजोर भएका विकको घाउमा मल्हम लगाउने उद्देश्यले विदेशमा काम गर्ने विभिन्न व्यक्तिहरु संग अपिल गरि सहयोग संकलन गरेको बताउनुभयो । विदेशमा रहेका पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, तनहुँ, धनुषा, म्याग्दी, सुनसरी, कास्की, झापा, रोल्पाका सहयोगी मनहरुका कारण नै सहयोग गर्न सकिएको अध्यक्ष विकले बताउनुभयो ।

विककी श्रीमती पुर्ण कुमारी विकलाई संकलित १ लाख ५६ हजार ९ सय १८ रुपैंया हस्तान्तरण गरिएको हो । श्रीमती विकले अप्ठेरो परेको बेला सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय