
पाल्पा
रिब्दिकोट गाउँपालिका वडा नं ४ का दलित समुदायका महिलाहरुलाई बंगुर वितरण गरिएको छ ।
दलित बर्ग उत्थान समन्वय समिती भैरबस्थानले एक कार्यक्रमको आयोजना गरि दलित समुदायका महिलाहरुलाई आयआर्जनका लागी बगुंर बितरण गरेको हो । वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सी ले बिपन्न बर्गका महिलालाई आयआर्जनमा टेवा पुग्ने भन्दै महिलाहरु व्यवसायिक र आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मि खनालले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बंगुर वितरण कार्यक्रम अघि सारेको बताउनुभयो । अर्थिक बर्ष ०७७/०७८ को लक्षित वर्ग अन्र्तगतको बिनियोजित बजेट ३० हजार रुपैंयाबाट आय आर्जन गर्ने गरि लक्ष्मि देबी विक, रिता बिक, बबिता बस्याल, जेति रुचाल र धना रुचाललाई बंगुर बितरण गरिएको समितीको अध्यक्ष विनु बि क ले जानकारी दिनुभयो ।