पाल्पा,मंसिर ३० ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिईयो सुशिल ज्ञवालीले पाल्पाको सम्रग विकास आफु क्रियाशील रहेको बताउनुभएको छ । तानसेन नगरपालिका ५ मा रहेको ढाडाकुडी शिवालयधाम बनेको संरचनाको अनुगमन गर्दै ज्ञवालीले जिल्लाको पुर्ननिर्माणमा सकेको बजेट विनियोजन गरेको दावि गर्नु भयो । आफ्नो कार्यकाल अब अन्तिम अन्तिम रहेको भए पनि जिल्लाको पर्यटन विकासमा आफु लाग्ने बताउनुभयो । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट रु २५ लाख बजेट विनियोजन भई पुरातत्व विभागबाट नरमेदेश्व शिवालयधाम मन्दिरलाई संरक्षण गर्ने उद्धेश्यले मन्दिर निर्माण सहित त्यसको व्यवस्थित घेराबार गरिएको छ ।
मन्दिर वरपर खुल्ला हुँदा मन्दिरको असुरक्षा बढेपछि यसको सुरक्षार्थ अहिले संरचना बनेको छ । एक कार्यक्रममको आयोजना गरि भएको समुद्धघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सिईयो सुशिल ज्ञवाली, संघिय सांसद सोमप्रसाद पाण्डे,तानसेन नगरपालिका उपप्रमुख लक्ष्मी देवि पाठक, वडा अध्यक्ष राम बहादुर रावल,प्ररमानन्द बाल वृद्ध कल्यण संघका अध्यक्ष विन्दु बहादुर रावल,लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर बोहोराको अध्यक्षता,बुद्धबहादुर रावलको स्वागत र सल्लाहाकार विष्णु बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।