
पाल्पा,मंसिर १३ ।
सुनिल कार्की ।
पाल्पामा नेपाल नागरिक अभियान जिल्ला कार्य समिति गठन भएको छ । राज संस्थाको भातृ संगठनको रुपमा जिल्लामा पहिलो पटक समिति बनेको हो । कृष्ण विष्टको अध्यक्षतामा ३१ सदस्यीय सर्वसम्मत कार्य समिति समेत गठन भएको छ । जसको उपाध्यक्षमा हरि प्रसाद बस्याल,सचिवमा जयन्ती घिमिरे,कोषाध्यक्षमा भानु ब्रज्रचार्य,सह सचिवमा श्रीकृष्ण गौतम लगायतको कार्य समिति बनेको छ ।
नेपाललाई हिन्दु राज्य,सनातन हिन्दु राष्ट्र कायम गरी राज संस्था सहितको प्रजातन्त्रको पहिचान बनाउने उद्धेश्य नव गठित नेपाल नागरिक अभियान जिल्ला कार्य समिति पाल्पाको रहेको छ ।
देशमा भएको बेथिति,विकृति विसंगति र भ्रष्टचारले जरा गाडेको भन्दै त्यसको अन्त्यको लागि नेपाल नागरिक अभियान जिल्ला कार्यसमिति पाल्पा जुट्ने कार्य समितिका नव नियुक्त अध्यक्ष कृष्ण विष्टले बताउनुभयो ।