पाल्पामा एकजना मृत अवस्थामा फेला

पाल्पा,मंसिर ८ ।
पाल्पामा एक जना युवा मृत अवस्थामा फेला परेका छन । जिल्लाको रामपुर नगरपालिका वडा ७,किसानबारीमा युवक मृत अवस्थामा फेला परेका हुन । रामपुर नगरपालिका वडा नं ७ किसानबारी बस्ने अन्दाजी २२ बर्षीय भारतीय सेनामा कार्यरत जीवन राना घर भन्दा भन्दा ३०० मिटर पर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा मृत अवस्थामा भेटिए पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटना गएको रातिमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय