पाल्पाका ८७ वर्षीय सुवेदारले गरे सामाजिक सुरक्षा भत्ताले मोटर बाटो सुधार

सुनिल कार्की, पाल्पा ।

तानसेन ११ बडरबोटका एक स्थानिय समाजसेविले आफुले पाउने सामाजिक सुरक्षा भत्ताबाट मोटोबाटो मर्मत गरेका छन । गाउँमा बर्षादले बिग्रेको ढुङगेडाँँडा देखि गाग्री मावि सम्म जाने ५०० मिटर गोरेटो बाटोको स्थानिय ८७ वर्षीय सुवेदार कृष्ण बहादुर रानाभाटले ब्यक्तिगत लगानिमा बाटोको मर्मत गर्नुभएको हो ।

आफुले पाउने सामाजिक सुरक्षाबापतको दुई महिनको रु ८ हजार भत्ताले गाउँमा बिग्रेका सडकको मर्मत गरेको स्थानिय तिलक रानाभाटले जानकारी दिनुभयो ।
गाउँको मुख्य गोरोटे बाटोको रुपमा रहेको बाटो राम्रो नहुँदा स्थानियले सास्ती खेप्नु परेको थियो । सो बाटो भएर वडा नं १० देखि सोही वडाको चुकिया,आमडाँडा,गाउँडाँडा,बोखर लगायतका स्थानियका साथै विद्यार्थीले सो बाटो प्रयोग गर्ने गरेका छन ।

उक्त मोटोरबाटो मर्मत भएसँगै सो भेगका स्थानिय सहज यात्रा गर्न पाएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय