पाल्पा दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाण्डौं लगियो

पाल्पा, कात्तिक १८ ।
सुनिल कार्की ।
सोमबार बेलुकी पाल्पामा भएको कार दुर्घटनाका घाइतेलाई काठमाण्डौं लगिएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत बगनासकालि गाउँपालिका ३ आर्यभञ्याङगमा कोहोलपुर उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष चक्र अधिकारी र रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोर आचार्य दुर्घटनामा पर्नुभएको थियो ।


आफन्तको आग्रहमा कोहोलपुर उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष अधिकारीलाई हेलिकप्टर मार्फत काठमाण्डौंको हेम्स अस्पताल रेफर गरिएको हो । रोल्पा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आचार्यलाई केही समय पछि काठमाण्डौं लैजाने तयारी भएको लुम्बिेनि मेडिकल कलेज प्रभासका अध्यक्ष गोपाल पोख्रेरलले जानकारी दिनुभयो । पाल्पा बाट पोखरा जाने क्रममा उहाँहरु सवार बा १८ च ४३४१ नम्बरको कार सोमबार बेलुकी दुर्घटनामा परेको थियो । दुर्घटनामा बाँके कोहोलपुर ११ निवासी चक्र अधिकारी र रोल्पा ४ लिवाङ निवासी किशोर आचार्य गंभिर घाइते हुनुभएको थियो । कार चालक समेत रहनुभएका चक्र अधिकारीको शरिरका बिभिन्न भागमा गंभिर चोट लागेको र किशोर आचार्यको टाउकोमा लागेको छ ।
उहाँहरु आउँदै गरेको ब्यवशायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य संघको चुनाव प्रचारका लागि गुल्मी पुगेर पाल्पा हुँदै पोखरा जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । घाइते दुवै जना नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने क्रममा रहेका छन ।
कार सडकबाट झण्डै १५० मिटर तल खसेको स्थानीयले जनाएका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय