युवा नेता चुहानद्धारा मृगौला पिडित गैरेलाई आर्थिक सहयोग

पाल्पा,सुनिल कार्की ।
नेपाल दरुण दल जिल्ला कार्य समिति पाल्पाका सदस्य जित बहादुर चुहानले आफ्नो जन्म दिनको अवसरमा मृगौंला पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । दुबै मृगौला फेल भइ काठमाण्डौंको नेश्नल किड्नी सेन्टरमा उपचारत तानसेन ६ बर्तुङका नारायण गैरेलाई तानसेन १३ निवासी जित बहादुर चुहानले रु दश हजार आर्थिक सहयोग गर्नुभएको हो ।


सहयोगी दाता चुहानले हरेक पटक आफ्नो जन्म्दिनको अवसरमा समस्यामा परेकालाई आर्थिक सहयोग गर्दै आउनुभएको छ । सहयोग रकम बुझ्र्दै मृगौला पिडित गैरेको बुहारी शोभा गैरेले सहयोग गरेको प्रति धन्यवाद दिर्दै प्राप्त रकमले बुबाको उपचारमा टेवा पुग्ने बताउँदै सहयोगी मनहरुलाई यसै गरि सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा सहयोगी दाता युवा नेता एवं जित कन्ष्टकष्नका पोपाइटर चुहानले आफ्नो गक्ष अनुसार सहयोग गर्न पाउँनु आफ्नो कर्तब्य भएको भन्दै मृगौला पिडित नारायण गैरेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।
सहयोग रकम हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेसका नेता विधान श्रेष्ठ,युवा नेता मेजर सिंह केसी,सुर्य बहादुर थापा,विष्णु अधिकारी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय