
रम्भा । समुदाय स्तरमा कोरोना भाईरस फैलने क्रम बढेपछी रम्भा ३ माथिल्लो भेजा टोलले दशैं तथा तिहार नमनाउने निर्णय गरेको छ ।
चाडबाडमा पाहुना आउने जाने, सम्पर्क बढ्ने भएकाले संभावित संक्रमण रोकथामको लागी माथिल्लो भेजा टोलले दशैं र तिहार नमनाउने निर्णय गरेका हुन् । माथिल्लो भेजा टोलका २ सय टोलले दशैं नमनाउने निर्णय गरेका हुन् ।
रम्भा ३ भेजा टोलका टोप बहादुर खाम्चाले कोरोना भाईरसको महामारीको बेला भएकाले सबै सचेत भई यो बर्ष चाडबाड नमनाउने निर्णय गरेको बताउनुभयो । खाम्चाले टोलका सबैले दशैं तिहार नमनाउने अभियानमा साथ दिनु महत्वपुर्ण पक्ष भएको बताउनुभयो ।
माथिल्लो भेजा टोलका कुनैपनी घरमा दशैंको जमरा राखिने छैन । टिका लगाईने छैन । चाडबाडको बेला अरु कसैको पनी घरमा अनावश्यक रुपमा आवत जावत नगर्ने स्थानियले बताएका छन् ।